Breaking

वकिल भन्छन् : सन्दीपलाई बचाएरै छोड्छु (भिडियोसहित)


काठमाडौँ — आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ ।

लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौँ आएका छन् । उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

अन्ततः नेपाली क्रिकेटका प्रख्यातप्रतिभा सन्दीप लामिछाने पक्राउ परेका छन् । तर कुख्यात अपराधिकै शैलीमा पक्राउ गरेको भन्दै समर्थकहरुले प्रश्न उठाएका छन् ।

भदौंमा २१ को मध्यरातमा एक १७ बर्षीया नाबालिगकिशोरीले आफुमाथि नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले बलात्कार गरेको आरोप लगाएर जाहेरी दर्ता गर्दा प्रहरी पनि तीन छक परेको थियो । जाहेरी दर्ताको केही घण्टा नवित्दै सूचना चुहियो वाजानेरै चुहाइयो, एका/एक सन्दीप स्टारबाट बलात्कारी बन्नपुगे । उनै सन्दीप असोज २० मा आएर आत्मसमर्पण गर्न बाध्य बनेका छन् । जाहेरी दर्ताका क्रममा क्यारेबियन प्रिमिएर लिग (सीपीएल) खेल्न जमाइकामा रहेका सन्दीप त्यसयता पटक/पटक आउँछु भन्दै प्रहरीलाई छक्याइ रहेका थिए । तर बिहिबार बिहानै कतार एयरवेजको बिमानमार्फत सन्दीप नेपाल फर्किएपछि विमानस्थलकै ढोकामा तैनाथ रहेका प्रहरीले सन्दीपको हातमा हतकडी लगाएर थुनामा पु¥याएको छ ।