समाचार

सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौँ — सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनमा परि दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम सडक खण्ड अन्तरगत सुनासरीको लौकहीमा सवारी साधनले ठक्कर दिदाँ नाम थर नखुलेकी एक जना महिलाको मृत्यु भएको छ ।

ठक्कर दिने सवारीको पनि पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै, उदयपुरको त्रियुगा नगरपालिकामा टेम्पु र मोटरसाइकल जुध्दा तुलसा दुलाल श्रेष्ठको मृत्यु भएको छ । सो दुर्घटनामा अटा्मा सवार पुनासरी विक गम्भिर घाइते भएकी छन् ।