देश

लुक्ला उडेको दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण


काठमाडौँ — मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।

मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।