Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

करेन्ट लागेर दाजु–भाइको ज्यान गयो


काठमाडौँ — करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको ज्यान गएको छ । यस्तै आमा–छोरा पनि घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका २३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वरको ज्यान गएको हो

। करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।

करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।