काठमाडौँ – भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ ।
खराब मौसमका कारण काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।
बिहान सवा ६बजे उड्नुपर्ने विमान ७:३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो । त्यसपछि पुन: त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ ।
बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।
प्रतिक्रिया