Breaking

आज पनि दशैंको टीका लगाइँदै


काठमाडौँ — दशैं टीकाको दोस्रो दिन आज पनि टीका, जमरा लगाउने क्रम जारी छ । हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।

नौ दिनसम्म दशैं घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो । टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

दशैं हिन्दू धर्मावलम्बीहरूले हर्ष र उल्लासका साथ मनाउने परम्परा छ ।