Breaking

नारायणीको बाढीले खतराको तह नाघ्यो


काठमाडौँ — अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ । अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ ।