काठमाडौँ — आजविजयादशमीअर्थात टिकाको पहिलो दिन, मान्यजनहरुबाट टिका जमरा सहितआर्शिवाद ग्रहण गरी यो पर्व मनाइएको छ । निरन्तरको वर्षाको वावजुदसर्वसाधरणले हर्ष उल्लासका साथदशँै मनाएका छन । दशैँभन्नासाथपारिवारिक जमघट, मान्यजनहरुबाट टिका जमरा सहितआर्शिवाद ग्रहण गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्ने पर्वको रुपमा बुझिन्छ । पारिवारिक जमघट र रमाइलो गर्नकै लागिशहरबाट गाउँफर्किने, विदेशबाट आफ्नो मुलुकफर्किने चलनपुरानौ हो ।
परिवार आफन्तजन भेटघाटगर्न चाडवाड नै कुर्ने चलन बढ्दो छ । फलतदशैको अवसरमासर्वसाधरणलाई टिका ग्रहण गर्न एक ठाउँबाट अर्को ठाउँमा जाने चटारो नै हुने गर्दछ । नियमितभन्दादशै लगायतका चाडपर्वमाविशेष भेटघाट हुने परिवारजन भेट्न र मान्यजनहरुबाट टिका थाप्न सर्वसाधरण एक ठाउँबाट अर्को ठाउँ जाने क्रम सुरुभईसकेको छ ।राष्ट्रिय चाडको रुपमामान्ने दशै पर्व हिन्दुधर्मवलम्हिरुले मात्रनभई अधिकांश नेपालीहरुले पारिवारिक जमघट,टिका ग्रहण गरेरमनाउने गर्दछ ।
टीकाको दिन घरमा टिकोटालो सकेर आफन्तकोमाजानेहरु यस वर्ष पर्याप्त देखिएका छन् । दशै अवधिभर नै वर्षा हुने भएकाले दशै केहि खल्लो भएको सर्वसाधरण बताउँछन । यद्यपिवर्षमा एक पटक आउने पर्वमापारिवारीरिका भेटघाटका कारण दशैउत्साहमयभएको सर्वसाधरणको बुझाइ छ । दशैले पारिवारिक भेटघाटका साथै वर्षेपिच्छ सम्बन्धलाई नविकरण गर्न र सद्भाव बढाउन सहयोग पुर्याउने गर्दछ ।
दशमीदेखि पूर्णिमासम्मपाँचदिनआफ्नो मान्यजन ठुलावडाहरुको हातबाट टिका, जमरा रआर्शिवाद ग्रहण गर्न सकिने संस्कृतिविद्हरु बताउँछन् । विजयादशमीबाट सुरु भएको टिका ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्मचल्नेछ । ठाउँ विशेषकतियप स्थानमादशैंका टिका आजविजयादशमीको दिनमात्रलगाउने प्रचलनपनि रहिआएको छ ।


प्रतिक्रिया