Breaking

भुइँमान्छेलाई न दशैँ न तिहार


काठमाडौँ — हिन्दु धर्मवलम्बिहरुको महत्वपूर्ण चाड दशै सुरु भएसँगै उल्लेख्य सर्वसाधरण काठमाडौँ लगायत देशका मुख्य शहरहरुबाट दशै मनाउन गृहजिल्ला गईसकेका छन । तर दिनभरीको कमाईले विहान बेलुका जसोतसो हातमुख जोडिरहेका कतिपय सर्वसाधरणलाई भने दशैँको खासै रौनक छैन ।

खर्चालु पर्वको रुपमालिँदै उनीहरुले दशैँलाई कुनै रौनकतामाबदल्न सकेका छैनन् । सिन्धुपाल्चोककीचन्द्रमाया बस्नेत उमेरले ७० नाघि सकिन्,कपाल सेतै फुलीसक्योे, बुढेयौलीले अनुहार,गालाका छालाहरु चाउरी परिसके । यो बुढौली उमेरमा हात–खुट्टा,ढाड नदुख्ने कुरै भएन । तर काठमाडौको टन्टलापुर घाममा छाताको साहारा लिएरै भएपनि सडक छेउको यो नाङलो पसल उनको बाध्यताहो । दशै मनाउन धेरै सर्वसाधरण घर गएकाले व्यापार छैन ।

दिनमाएक दुई सयबल्लतल्लकमाई हुन्छ । यहि एक दुई सयकै लागिउनीविहान आठ बजेदेखि बेलुका ६ बजेसम्मयहि ठाउँमा नाङलो पसल गर्छिन । दशै मनाउन रहर छ तर पैसा छैन,उनी बताउँछिन् । मिठो मसिनो खाने रमाईलो गर्ने मुख्य उल्लासको पर्व दशै सबैका लागिदशै हुनकहिल्यै सकेन ।

चन्द्रमाया एक उदाहरण मात्रहो बढ्दो महंगि र काठमाडौको बसाई त्यसमा पनि भड्कीलो खर्चको पर्याय दशै जस्ता पर्व धेरैका लागि हर्ष उल्लासको पर्व भएपनि कतिपयलाई भने पिरोल्ने पर्व बनेको छ । दिनभरी कमाएर विहान बेलुका जसोतसो आफ्नो दैनिकीगुजारीरहेका आम सर्वसाधरणका लागि दशै दशै जस्तो हुन सकेको छैन । सबैलाई चाडवाडले छाए पनि उनीहरुलाई दैनिक पेट पाल्नकै लागि सडकमा आउन बाध्य छन ।

दशै राष्ट्रिय चाड,हर्ष उल्लासको उत्सव,आफ्ना दक्ष अनुसार सबैलाई दशैले छुन्छ , सर्वत्र दशैको रौनक छुट्टै छ । नेपाली पहिचानको महत्वपूर्ण विम्ब दशै सबैका लागि दशै जस्तो बन्न सकेको छैन । दशैलाई उल्लासमय र सुख प्रद बनाउन महंगी नियन्त्रण साथै जनजीविकासँग सरकार जोडिन जरुरी छ ।