Breaking

ओलीले बालबालिकालाई लगाइदिए दशैंको टीका


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् । ओलीले केही दिनअघि दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक पुगेका छन् ।

ओलीले दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्बसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।