खेलकुद

च्याम्पियन्स लिगमा बार्सिलोनाको दोस्रो हार


काठमाडौँ — स्पेनिस महारथी बार्सिलोना मंगलबार राति इन्टर मिलानसँग १–० गोल अन्तरले पराजित भएपछि च्याम्पियन्स लिगको यात्रा कठिन बन्दै गएको छ ।

गएराति इटालियन क्लब इन्टरसँग १–० ले पराजित भएपछि बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

पहिलो हाफको अन्तिम समयमा हकन काल्हानोग्लुले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो । ६७औँ मिनेटमा बार्सिलोनाका पेड्रीले बराबरी गोल फर्काएका थिए । तर, भिडियो सहायक रेफ्री ९भीएआर०ले मान्यता नदिएपछि बार्सिलोना अंक खोस्न असफल भयो ।

पराजित भएपछि तीन खेलबाट तीन अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । विजयी इन्टर ६ अंकका साथ दोस्रो स्थानमा छ भने बायर्न म्युनिख ९ अंकका शीर्ष स्थानमा छ । बायर्नले गएराति भिक्टोरिया प्लाजेनलाई ५–० ले हराएको थियो ।

‘ग्रप अफ डेथ’ मानिएको समूह ‘सी’मा बार्सिलोनाको यात्रा कठिन बन्दै गएको छ । बार्सिलोनालाई अब बाँकी खेल जित्नैपर्ने भएको छ । बार्सिलोना यसअघि बायर्नसँग २–० ले पराजित भएको थियो भने भिक्टोर प्लाजेनलाई ५–१ ले हराएको थियो । बार्सिलोना गत सिजन पनि समूह चरणबाटै बाहिरिएको थियो ।