Breaking

दशैँमा नवदुर्गा पूजाको महत्व, दुई वर्षमाथिका कन्याको पूजा किन गरिन्छ ?


काठमाडौँ — आज दशैंको नर्वौ दिन महानवमी,महानवमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याहरुको पुजा आराधना गरेकी छिन् ।महानमीका अवसरमा देशभरका शतिmपिठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरुको भीड देख्न सकिन्थ्यो । दशै विशेषत हिन्दुधर्मको शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पुजा आराधना गर्ने महत्वपूर्ण उत्सव हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म प्रत्येक दिन फरक–फरक देवी–देवताको पूजा गर्ने प्रचलन रहिआएको छ ।

प्रतिपदादेखि शैलपुत्री, ब्रम्हचारिनी,चन्द्रघण्ट,कुष्माण्डा, स्कण्दमाता,कात्यायनी,कालरात्री, महागौरी,सिध्दिदात्रीलगायत नवदुर्गाको पूजा आराधना गर्ने गरिन्छ ।नवरात्रको नवौँ दिन सिध्दिधात्री देवीको पूजा गरिन्छ भने यहि दिन कलकारखाना,हतियार, यातायातका साधनलगायतको पूजा गर्ने चलन छ ।

वर्षको एक पटक मात्र दर्शनका लागि खोलिने तलेजु भवानी मन्दिर सहित उपत्यकासँगै देशैभरका धार्मिक देवालयहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरुको भीड देख्न सकिन्थ्यो । दशैंमा दुर्गाको प्रतिकका रूपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा गर्ने अर्को महत्वपूर्ण चलन समेत रहेको छ । महानवमीको दिन पारेर मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले निवासमै बोलाएर नवकन्यालाई दुर्गाको स्वरुप मानेर पुजा गरेका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोह सहित नौजना कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्दै पुजा गरेको हो । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने चलन छ ।यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको जानकारहरु बताउँछन ।

मौसम परिवर्तनको समय भएकाले,चण्डिकाको पुजा आराधना,एकभतm, अल्पआहार सहित आफुलाई स्वस्थ्य र शतिmशाली बन्ने मान्यता सहित दशैमा नवकन्या नवदुर्गाको पुजा गर्ने धार्मिक एवंम साँस्कृतिक चलन रहिआएको संस्कृतिविद्हरु बताउँछन । दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमा मनाउने गरिन्छ । महानवमीको भोलिपल्ट विजयदशमी आफ्ना ठुलावडा मान्यजनबाट टिका प्रसाद ग्रहण गर्दै कोजाग्रत पूर्णिमासम्म दशै मनाउने चलन रहिआएको छ ।