काठमाडौँ — संखुवासभाको खाँदबारी नगरपालिका–९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । आफ्नै गाडीमा सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ ।
बेपत्ता हुनेहरूमा खाँदबारी–७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको डीएसपी वीरेन्द्र गोदारले बताए । उनीहरूको खोजीकार्य भइरहेको उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया