काठमाडौँ — झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाई, जलकुमार गुरुँ र छत्र गिरीको नाम सिफारिस भएको छ ।
झापा २ मा कांग्रेसले जित्न सक्ने स्थानमा माओवादीलाई सुम्पिएकै भन्दै बुढाथोकीले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र संस्थापन पक्षका नेता बुढाथोकीले अनलाइनखबरसँग भने,‘माओवादीलाई उम्मेदवार बनाएर पार्टीले मेरो नाक कटायो । स्थानीय तहको मतको आधारमा कांग्रेसभन्दा एमाले यस क्षेत्रमा अगाडि छ ।
एमालेले ३४ हजार ४१२ मत पाउँदा दोस्रो शक्ति कांग्रेसले ३१ हजार १५८ मत पाएको थियो । माओवादी केन्द्र झापामा चौथो शक्ति छ । माओवादीले स्थानीय चुनावमा दुई हजार ३५७ मत पाएको थियो ।


प्रतिक्रिया