विदेश

हिम पहिरोमा परेर २ जनाको मृत्यु


काठमाडौँ— भारतको उत्तराखण्डमा हिम पहिरो गएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको ‘द्रोपदीको डाँडा २ मा हिम पहिरो गएको हो ।

हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ ।

२८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् ।हराइरहेका २८ जना पनि प्रशिक्षार्थी हुन् ।