देश

शक्तिपीठ र सार्वजनिक स्थलको सरसफाईमा जुट्यो महानगर


काठमाडौँ— काठमाडौँ महानगरपालिकाले शक्तिपीठ, मठमन्दिरसहित मानिसहरुको चहलपहल हुने सार्वजनिक स्थलहरुको विशेष सरसफाई गरिरहेको छ।

यसका लागि जनशक्ति, साधन तथा उपकरणको परिचालन गरिएको छ।महानगरको सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार नवमीका दिन विहान सहरबाट साना तथा मझौला गरी ६० ट्रिप फोहोर संकलन गरेको छ ।

महानगरका नियमित काम रोकिएका छैन। अहिले शक्तिपीठहरुबाट धेरै फोहोर उत्पादन भईरहेको छ । दशैँमा काठमाडौँ महानगरभित्र भएका भद्रकाली, मैतीदेवी, नक्साल, शोभा भगवती, तलेजु भवानीलगायतका पीठहरुमा भीड हुने गरेको छ ।