देश

महानवमीको अवसरमा राष्ट्रपतिबाट पूजाआराधना


काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको नवौं दिन महानवमीमा नवदुर्गादेवीको पूजा आराधाना गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणासहित टीका लगाएर नवदुर्गादेवीको पूजा आराधना गरेकी हुन् ।

यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्न पनि आग्रह गरेकी थिइन् ।

पूजाआराधानाका क्रममा ‘रातो टीका निधारमा‘ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।