देश

दसैं सुरु भएयता १३८० जनालाई मापसे कारवाही


काठमाडौँ— दसैंको घटस्थापना सुरु भएयता असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १३८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार करिब एक सातामा यतिका संख्यामा मापसे गरेकाहरु कारवाहीमा पर्नु भनेको धेरै हो ।

ट्राफिक प्रहरीका अनुसार यो एक सातामा २०० सवारी दुर्घटनामा परेका छन् भने ती दुर्घटनामा परेर १३३ सामान्य घाइते भएका छन् । साथै, ६ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

यस्तै, ट्राफिक प्रहरीले मेकानिकल परीक्षण नगरी प्रयोगमा ल्याइएका ४०० सार्वजनिक सवारीलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिएको छ । साथै, यात्रुलाई सास्ती दिने ५४ जना विचौलियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसका साथै ट्राफिक प्रहरीको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा घटस्थापना सुरु भएयता ६१ हजार ६ सय ४६ सवारी साधनबाट ३ लाख ३ हजार ९ सय ६९ जना यात्रु भित्रिएका छन् । यस्तै ८९ हजार ४ सय ६१ सवारीबाट ७ लाख ५ हजार ६ सय ७२ जना बाहिरिएका छन् ।