देश

खोलाले बगाएर बेपत्ता युवक मृत फेला


काठमाडौँ— स्थानीय इन्द्रावती खोलाले बगाएर बेपत्ता भएका पाँचथ याङवरक गाँउपालिका २ फलैचा निवासी २२ वर्षीय बिमलकुुमार सेलिङ मृत अवस्थामा भेटिएका छन् ।

सेलिङ असोज १४ गतेदेखि खोलाले बगाएर बेपत्ता थिए । बेपत्ता भएलगत्तै खोजी कार्य सुरु गरेका प्रहरी र स्थानीयले खोलाले बगाएको स्थानभन्दा ४ सय मिटर तल शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

उनको पाँचथर अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।