देश

कोठामा बालेको दियोबाट आगलागी


काठमाडौँ— कोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका ७ कुमारीगाल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक कुन्ताबेसी घर भएका ६३ वर्षीय भरत सापकोटाले कोठामा बालेको दियोबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा पलङ, काठको दराज, कपडाहरु र अन्य सामान समेत जलेको हो ।

यता खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ बाहुनडाँडा बस्ने राजन सार्कीको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर उनकै छोरा संतोष कार्कीको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर, अन्नपात, लत्ताकपडा लगायत सामान जलेर करिब ११ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।