देश

भ्यानको ठक्करबाट मृत्यु


काठमाडौँ— बर्दियामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका ९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका ४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।