समाचार

संखुवासभाको सभाखोलामा बाबुछोरा बेपत्ता


काठमाडौँ – खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् । आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रदेश १-०२-००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ ।

बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको प्रहरीले जनाएको छ ।