समाचार

टीकाको उत्तम साइत कुन देशमा कति बजे ?


काठमाडौँ – यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्नेछ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

समितिले विश्वका विभिन्न देशका लागि स्थानीय समय अनुसार उत्तम साइत सार्वजनिक गरेको छ । भारतमा १०ः४५, अमेरिकाको न्युयोर्कमा ११ः११ को समयमा टीका लगाउन सकिनेछ । अमेरिकाका विभिन्न सहर अनुसार साइतको समय पनि फरक रहेको छ ।