काठमाडौँ — सोमबार परेको महाअष्टमीलाई लक्षित गरेर आईतबार खशीबोकाको व्यापक किनबेच भएको छ । दशैंको मुख्य आकर्षणमध्ये एक मासु पनि भएकोले कलंकीस्थित खशीबजारमा खशीबोका किन्नेको ठूलै भीड लागेको छ । दशैंको विभिन्न पाटामध्ये मासु पनि एक प्रमुख पाटो हो ।
चाहे जे सुकै होस् दशैंको बेलामा मासु खानै पर्छ भन्ने आम नेपालीको बुझाई भएको पाइन्छ । त्यसैले मानिसहरु दशैंमा ऋण नै काडेर भए पनि मासु खाने गर्छन् । महाअष्टमीमा खशी बोका जस्ता बलि चढ्ने पशुको काटमार हुने चलन छ । सबैभन्दा बढी मासु खपत हुने समय दशैंमा महाअष्टमीलाई लक्षित गर्दै आईतबार खशीबोका किन्नेको ठूलै भीड देखियो ।
यसअघि खाद्य संस्थानले सहुलियत बजार भन्दै जिउँदो खशीबोको प्रतिकिलो ६ सय ७० तोको पनि बजारमा भने संस्थानले तोकेको दरभन्दा बढीमा नै किनबेच भइरहेको छ । संस्थानले ल्याएको निश्चित खशीबोकाले माग नधान्दा बजारमा व्यापारीहरुको मनमानी पनि देखियो । खुला बजारमा मान्छे अनुसार खशीबोकाको मोलमोलाई हुने गरेको छ ।
रिपोटिङको क्रममा व्यापारी र उपभोक्ताको सहमतिमा ६ सय ५० देखि ८ सयसम्म बिक्री वितरण भएको पाइयो । हरेक कुरामा मुल्यवृद्धिको चपेटा भोगिरहेका उपभोक्ताहरुले खशीबोकामा पनि चर्काे मूल्य तिर्नु परेको छ । आवश्यक नै पर्ने हुँदा जति भने पनि लानै पर्ने उनीहरुको बाध्यता छ ।
मासुमा पनि विभिन्न खालका पारखीहरु छन् । कतिपयको रोजाईमा खशीबोका भन्दा पनि च्यांग्रा परेको छ । खशीबोकाको भन्दा झण्डै दोब्बर नै मूल्य पर्ने भए पनि उपभोक्ताले प्रतीक्षा गरेरै च्यांग्रा लाने गरेका छन् । हिमाली भेगमा उम्रेको जडीबुटी खाएर हुर्केको र त्यसको स्वाद पनि मिठो हुने भएकाले मानिसहरु च्यांग्रातिर आकर्षित भएका हुन् । खशीबोकाको मासुले भन्दा च्यांग्राको मासुले स्वास्थ्यलाई पनि राम्रो गर्ने हुँदा मानिसहरु च्यांग्रामा चर्काे मुल्य तिर्न राजी छन् ।
नेपालमा कुनै समय थियो मासु खानकै लागि दशैं वा संक्रान्ति कुर्नु पथ्र्याे । ऋण काडेर खशी किन्ने प्रचलन नेपाली समाज अहिले पनि छ । तर, अहिले मासु खान दशैं नै कुर्नु पर्ने अवस्था भने छैन । आजभोली मासु खानु सामान्य नै भईसक्यो । यद्यपि यति हुँदा हुँदै पनि सबैभन्दा बढी खपत यही समयमा हुन्छ । खानाका परिकारमध्ये धेरैले आफ्नो स्वादिष्ट परिकारको रुपमा मासुलाई नै अथ्र्यउने गर्छन् । त्यसैले पनि होला नियमित खशी बजारको भीडभन्दा पनि व्यापारीहरुले दशैंको मौका छोपेर सडक पेटीमा नै खशीबोका बेच्ने गरेका छन् ।


प्रतिक्रिया