काठमाडौँ— चलचित्रकर्मीहरुले नेपाली चलचित्र बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरु भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । तिहारलगत्तै आफूहरु आन्दोलनमा जाने भन्दै तत्काल नीतिनियम परिवर्तन गरेर नेपाली चलचित्रको प्रवद्र्धन गर्न भने । उनले नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि तत्काल काम होस् अन्यथा निर्माता संघ चाँडबाँडलगत्तै आन्दोलनमा जानेबताएका छन् ।
नेपाली भाषा, संस्कृति र चलचित्रमाथि षड्यन्त्र हुँदा पनि केही गर्न नसकेको विश्लेषण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको राजीनामा माग गरेका हुन् ।
निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताए । उनले ‘यो घरी घरी आएको कुरालाई जरासहित उखेल्नुपर्ने बताएका छन् । सरकारले नेपाली चलचित्र नबनाउन भन्नुपर्ने या वातावरण बनाउनुपर्ने जिकिर गरे ।
नेपाली चलचित्रका लागि सरकारले फरक नियम बनाएर जानुपर्नेमा जोड दिए । नेपालमा नेपाली भाषा र समाजसँग जोडिएको चलचित्रलाई निरुत्साहित गर्ने गतिविधिलाई निरुत्साहित गर्नुपर्ने बताए ।
चलचित्र क्षेत्रमा नयाँ पीढीहरुले मौका पाउँदै गएकोमा झन् आशा गर्ने ठाउँ रहेको बताइन् । आफूले बाबरी चलचित्रका लागि शोहरु अझ प्राप्त भई दर्शकको माया पाइने आशा व्यक्त गरे ।
चलचित्र निर्माता समेत भइसकेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाली चलचित्रमाथि आएको संकट आफ्नो पनि संकट भएको बताए । उनले नेपाली चलचित्रकर्मीलाई नेताहरुले चुनाव र राजनीतिक आन्दोलनमा मात्र प्रयोग गर्ने गरेको आरोप लगाए । उनले जस्ले एजेन्डालाई सम्बोधन गर्छ उसैलाई मात्र साथ दिन आग्रह गरे ।
निर्माता पुष्पा बुढाथोकीले चलचित्रलाई दर्शकले माया गर्दा गर्दै मारमा परेको बताइन् । सरकारले नेपाली चलचित्र चल्ने गरी सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सरकारको सहयोगी भएको र सरकारले पनि सहयोग गरोस् भन्ने अपेक्षा गरेको बताईन।
प्रतिक्रिया