देश

राष्ट्रपति पलाञ्चोक भगवतीबाट फर्कनुभयो


राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीको दर्शन गरेर शीतल निवास फर्कनुभएको छ ।
उहाँ आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जानुभएको थियो ।

हेलिकप्टर वीरेन्द्र शान्ति तालिम केन्द्र, पाँचखलमा अवतरण गरेपछि उहाँ गाडीमा त्यसतर्फ जानुभएको बताइन्छ ।

राष्ट्रपतिको साथमा छोरी उषा किरण पनि थिइन् । आज बडा दशैंको महाअष्टमी भएकाले शक्तिपीठको दर्शन गर्ने क्रममा राष्ट्रपति भण्डारी पलाञ्चोक जानुभएको हो ।आजै अपरान्ह उहाँले राजधानी उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छ ।