देश

मनिट्रान्सफरबाट करिब नौ करोड चोरी


काठमाडौँ— ताप्लेजुङ जिल्लाको मुटु विरेन्द्रचौकमा रहेको आइएमई मनिट्रान्सफरबाट करोडौं रुपैयाँ लुटिएको छ। जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठको आइएमईबाट आज बिहान ९ बजेर २० मिनेट जादाँ करोडौं लुटिएको हो।

आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजो देखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो।आज बिहान पनि करिब ९ बजेर १८ मिनेट तीर फोन आएको थियो। फोन आएलगत्तै फेसमाक्स लगाएका ४ जना युवाहरु आइएमइ छिरेका थिए।

आशामायाका अनुसार तीमध्ये तीनजना आएर आशामायाको मुख, आँखा, हात, खुट्टामा टेप लगाए। सँगै आएको अर्को एकजनाले सिसिटिभी उक्काएर पैसा, सुन लुटेर लगेको उनले बताइन्। आशामायाको अनुहार तथा हातमा चोट लागेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पैसा र सुन गरेर करिब ९ करोड बराबरको धनमाल लुटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वास्तविक तथ्यांक आइसकेको छैन।

लुटेराहरुको खाजीकार्यका लागि विभिन्न नाकामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यायले जनाएको छ।