Breaking

समानुपातिक उमेदवारी आज फिर्ता लिन सकिने


काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ ।

हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ ।

“बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” आयोगले भनेको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी हिजो सकिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए ।