Breaking

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते


काठमाडौँ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

काठमाडौँबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ ।

दुर्घटनामा बसमा सवार झापाको दमक (५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौँ पठाइएको छ भने उक जनाको हेटौंडामैं उपचार भैरहेको प्रहरीले जनाएको छ ।