Breaking

देउवाले कसरी बचाउँलान् गठबन्धन ? (भिडियोसहित)


काठमाडौँ – आगामी संसदीय निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । यसकारण राजनीति कदलहरु चाडपर्व चटारो भन्दा प्रत्यक्षतर्फको उम्मेदवार टुङगो लगाउनु पर्ने हतासमा छन् । तर उम्मेदवारका आकांक्षी धेरै हुँदा आन्तरिक भागवण्डा मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ ।

मंसिर चार गते एकै चरणमा हुन लागि रहेको संसदीय निर्वाचन आउन अब ४९ दिन मात्र बाँकी छ । आगामी आइतवार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । यहि हप्ताभित्र प्रत्यक्ष तर्फको उम्मेदवार टुङगो लगाउनु पर्ने तनावमा दलहरु छन । सिट संख्यामा सहमति नजुट्दा सत्ता घटक दलहरुलाई अहिले गठबन्धन निल्नु न ओकल्नु भएको छ । महिनौंदेखि दलगत भागवण्डाकै गालचक्करमा रहेको सत्ता घटक दलहरुले अझै पार्टीगत रुपमा नै सिट बाँडफाँड गर्न सकेका छैनन् । निरन्तर छलफलका बाबजुत सहमति जुटाउन नसक्दा दलहरुले अहिले छलफल भन्दाएकले अर्कालाई धम्क्याउने,घुर्काउने मनस्थितिमा पुगेका छन । जनता समाजवादी पार्टी जसपाले सिट बाँडफाँट सम्मानजनक नभएको भन्दै एक्दै निर्वाचनमा जाने निर्णय गरिसकेको छ । यद्यपिअन्य दलसँग सहकार्यको सम्भावना नभएकोले जसपाको यो गठबन्धनलाई धम्याउने अस्त्र मात्रभएको कतिपयको बुझाइ छ ।