Breaking

बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३७ घाइते


काठमाडौँ – हेटौंडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ३७ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक आइतबार राति रात्रि बस दुर्घटना हुदा बसमा सवार एक यात्रुको मृत्यु भएको हो ।

काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० बर्षीय दिल्ली बहादुर दर्जीको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ । उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी बसमा सवार अन्य ३७ जना घाइते रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनीहरूको मध्य केहीको हेटौंडामा ,चितवन र काठमाडौँमा उपचार भइरहेको उनले बताए । घाइते अधिकांश प्रदेश नम्बर १ का रहेको जनाइएको छ ।