काठमाडौँ — आगामी संसदीयनिर्वाचनकालागिअसोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचनकार्यतालिका छ । यसकारण राजनीतिकदलहरु चाडपर्व चटारोभन्दाप्रत्यक्षतर्फको उम्मेदवारटुङगो लगाउनु पर्ने हतासमा छन् । तर उम्मेदवारका आकांक्षी धेरै हुँदाआन्तरिक भागवण्डा मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । मंसिर चार गते एकै चरणमाहुनलागि रहेको संसदीयनिर्वाचनआउन अब ४९ दिनमात्रबाँकी छ । आगामीआइतवार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । यहिहप्ताभित्रप्रत्यक्षतर्फको उम्मेदवार टुङगो लगाउनु पर्ने तनावमादलहरु छन ।
सिट संख्यामा सहमति नजुट्दा सत्ता घटक दलहरुलाईअहिले गठबन्धन निल्नु न ओकल्नु भएको छ । महिनौंदेखि दलगत भागवण्डाकै गालचक्करमा रहेको सत्ता घटक दलहरुले अझै पार्टीगत रुपमा नै सिट बाँडफाँड गर्न सकेका छैनन् ।निरन्तर छलफलका बाबजुत सहमतिजुटाउन नसक्दादलहरुले अहिले छलफल भन्दाएकले अर्कालाई धम्क्याउने,घुर्काउने मनस्थितिमापुगेका छन ।
जनता समाजवादी पार्टी जसपाले सिट बाँडफाँट सम्मानजनकनभएको भन्दै एक्दै निर्वाचनमाजाने निर्णय गरिसकेको छ । यद्यपिअन्यदलसँग सहकार्यको सम्भावनानभएकोले जसपाको यो गठबन्धनलाई धम्याउने अस्त्र मात्रभएको कतिपयको बुझाइ छ ।गठबन्धनको प्रमुखदल नेपालीकांग्रेस आफु खुम्चिएरै भएपनि गठबन्धन जोगाउन हर सम्भव प्रयास गरिरहेको छ । तर कांग्रेस सभापति शेर बहादुर देउवा सत्ता घटक दलहरु र पार्टीकै असन्तुष्ट पक्षको चेपुवामा पर्दै आएका छन ।
कांग्रेसभित्रका संस्थापनइतर शेखर कोइराला समूह पार्टीभित्र्र बार्गेनिङमा छ । पार्टीको आन्तरिक विवाद नै मिलाउननसकेर रनभुल्लमा परेको देउवाले गठबन्धन कसरी मिलाउलान् भन्ने चासो यतिवेला सर्वत्र छ । गठबन्धनबाट सबैभन्दाबढी फाइदामा नेकपामाओवादी केन्द्र र नेपालीकांग्रेसलाई नै छ ।
अर्कोतर्फ गठबन्धनका अन्यदलहरु पनि टुटफुटबाट भर्खरै पार्टी संगठित गर्ने चरणमा रहेकाले एक्लै निर्वाचन लड्ने सम्भावना छैन । त्यसैले एकिकृत समाजवादी,जसपाकालागिपनि गठबन्धन बाध्यताबनेको छ । यीदलले गठबन्धनकोविकल्पखोज्ने सम्भावना नरहेको बुझेका प्रचण्ड र देउवाले तत्काल सिट बाँडफाँटमा सहमति नजुटाउँदा एकीकृत समाजवादी र जसपा रुष्ट बन्नपुगेका छन् ।
प्रतिक्रिया