काठमाडौँ — गठबन्धनको तर्फबाट जसपालाई १६ क्षेत्र दिने सहमति भएको बताइएको छ । जसपाको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले निर्वाचनमा तालमेलका लागि खुला रहेको निर्णय गरेको थियो ।
गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए । नेकपा एकीकृत समाजवादीले कम्तिमा २५ क्षेत्रमा दावी गरेको छ । उसलाई गठबन्धनबाट १७ निर्वाचन क्षेत्र दिने सहमति भएको बताइएको छ । गठबन्धनको बैठक भोली पनि बस्दैछ ।


प्रतिक्रिया