काठमाडौँ — दशैं मनाउन घर जानेहरुको भिड आज पनि उल्लेख्य छ। काठमाडौँ नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरुको बिहानैदेखिको भिड छ । बीच बाटोबाट सर्वसाधारणहरु लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरुका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको गुनासो छ।
त्यस्तै, यातायात व्यवसायीहरुले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको यात्रुहरुको चर्को गुनासो छ। उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन्।
देश


प्रतिक्रिया