Breaking

एमाले नेता द्वारिकलाल चौधरी माओवादीमा प्रवेश


काठमाडौँ – इटहरी उपमहानगरका पूर्वमेयर तथा एमाले नेता द्वारिकलाल चौधरी माओवादी केन्द्मा प्रवेश गरेका छन् ।

एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी आज बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।