Breaking

सन्दीप लामिछानेले भने : म असोज २० गते नेपाल आइपुग्छु


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू २० गते नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।