Breaking

कांग्रेस द्वन्द्वमा फस्दा गगन जित्नेमा ढुक्क, गठबन्धनविरुद्ध जित्दैछन् ईश्वर पोखरेल


काठमाडौँ — मंसिर ४ को निर्वाचनकालागिउम्मेदवार टुंग्याएर चुनावीप्रचारमाहुनुपर्ने दलआन्तरिक कलहमा छन् । ै गठबन्धनमा अझै बाँडफाँट टुंगिएको छैन, एमालेमा असन्तुष्टि बढीरहेको छ ।तर आफुलाई सुरक्षित महसुस गरेका नेताहरु भने मैदानमै होमिएका छन् । नेपालीकाँग्रेसका महामन्त्रीगगनकुमार थापा सत्ता गठबन्धनबाट उम्मेदवारी दिँदैछन् भनेउनको निर्वाचन क्षेत्र काठमाडौं ४ हो ।

थापालाई गठबन्धनमा सहमतिभएपनि, विमतिभएर गठबन्धन भाँडिए पनिकुनै फरक पर्नेवाला छैन । फलतःनिर्वाचन केन्द्रीत दौडलाई तीव्र बनाएकाउनी मैदानमै पुगेर मौका छोपिरहेका छन् । यता गठबन्धनबीच बाँडफाँटको अन्तिमतयारीछ, उताथापानिर्वाचनमाहोमिसके । तर पार्टीभित्रको विवाद समाधानगर्न थापाको जोडबल कम पर्दै गएको छ ।

सभापति शेरबहादुर देउवाविरुद्धको इतर पक्षमानेताहरुको असन्तुष्टि चुलिएपनित्यही टिममा रहेका थापाको ढुक्कपनले नेताहरु चिढ्डीएका छन् ।शेखर समूहले गरेको खबरदारीसभामै नपुगेपनिथापाले शुक्रबार पार्टीभित्रविद्रोहकोसमय आएको दाबी गरेका छन् ।

गठबन्धनमा सिट बाँडफाँट महाभारत नै भएपछि हरेकदिनकाबालुवाटार बैठकसहमतिनजिकपुगेको भन्दै टुंगिरहेका छन् । झण्डै दुईसातायता गठबन्धनका नेताहरुको एउटै जवाफ आउँछ, ‘हामी सहमतिनजिक छौं, भागबण्डा टुंगिसक्यो ।’ तर सबै दलले आफ्नै स्वार्थ अनुकुलका क्षेत्रमामात्रै हानथापको नीति लिएपछि बाँडफाँट टुंगिएको छैन । प्रतिनिधिसभामा यसै झमेलाभइरहेका बेलाप्रदेशको भागवण्डा झनै लम्बिएको छ ।

हरेक पार्टीभित्रकाआन्तरिक समस्याले सहजै सहमतिको बाटो दिएको छैन । झनै गठबन्धनको नेतत्वकर्ता नेपालीभित्रको विवादले संघर्षको रुप लिएपछि अन्यदल समेत टसको मस हुनपाएका छैनन् ।यतागठबन्धनविरुद्ध चुनावी अस्त्र हानिरहेको नेकपाएमाले आफु तयार रहँदै विपक्षीलाई विफलपार्ने नीतिलिइरहेको छ ।देश दुई धुव्रमाविभाजितभएको र एमाले नेतृत्वको धुव्रले मात्रै जित्नसक्ने दाबी नेताहरुको छ ।

गठबन्धनविरुद्ध काठमाडौं पाँचमाउम्मेदवारी दिने पक्काभएकापोखरेल जित्नेमा समेत ढुक्क छन् । एमालेको पडक भएको र जित्नसक्ने मध्येको एउटा क्षेत्र भएकाले यहाँपोखरेलको हुँकार बढीरहेको छ ।तर गठबन्धनमा पाँचदलको व्यवस्थापनमुख्य झन्झट बनिरहेका बेलाएमाले आफ्नै पार्टीभित्रको अन्तरकलहमा छ । १० बुँदे सहमतिकापक्षधर र पूर्वमाओवादी नेतानै असन्तुष्टि देखिएपछि गठबन्धनविरुद्ध चुनाव लड्ने बाध्यतामा फसेको एमाले संकटउन्मुख बनेको छ ।