Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

आयोगको गाडीले दियो जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर


लुम्बिनी प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको हो। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा ट्राफिक लाइट समेत रातो बलेको अवस्थामा जेब्राक्रसिङबाट बाटो पार गरिरहेका स्थानीय छविलाल अधिकारीलाई ठक्कर दिएको हो।

जिम्मेवार व्यक्ति चढेकै गाडीले ट्राफिक नियम मिचेर हिँड्दा ठक्कर दिए पनि सामान्य मानवीय व्यवहार समेत नदेखाई उल्टै गाली गरेर हिँडेको अधिकारीले गुनासो गरे। सिधा लेनमा जानुपर्ने गाडीले लेन मिचेर आएको प्रत्यक्षदर्शीले बताए।

प्रहरी चौकी ड्राइभर टोलका अनुसार घाइते अधिकारीको अहिले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।