Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढ्यो


काठमाडौँ — सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको छ । सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो । सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

कल्याणपुर नगरपालिका ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले पक्राउ गरेको हो । बजारमा मोबाइलको रिचार्ज किनेर कामतीले दिएको हजार दरको नोट नक्कली जस्तो लागेर पसलेले अर्को नोट मागेपछि अर्को पनि त्यस्तै देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।