काठमाडौँ — शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका घरहरू सनवोरा नदीको उच्च जोखिममा परेका छन् । नदी गहिरो भएर बग्न थालेपछि बजार क्षेत्रका ४० भन्दा बढी घरहरू जोखिमा परेकोे छ । घरहरू धस्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।
असोज पहिलो साता आएको नदीको बाढीले गहिरो गल्छी बनाएर बग्न थालेपछि निकै जोखिम भएको छ भने सामान्य पानी परे पनि घर ढल्ने अवस्थमा पुगेको छ । नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाहरु एक दशकअघि देखि विभिन्न सरकारी र गैरसरकारी निकाय गुहार्दै आएपनि कुनै निकायबाट बजार क्षेत्र जोगाउनका लागि प्रयास हुन सकेको छैन । बजार क्षेत्रमा घरहरू नदी छेउमै बनेका कारण जोखिममा रहेका छन् ।
पूर्व पश्चिम राजमार्गको नदीको पुलदेखि उत्तरतर्फका पाँच सय मिटरको दायरामा रहेका घरहरूमध्ये केही घरहरू धसेको र जमिन फाटेर चिरा परेको छ । सामान्य पानी परे पनि चिरा परेको ठाउँमा पहिरो गई घरहरू भत्कने जोखिममा रहेको छ ।
प्रतिक्रिया