देश

देशको शासन व्यवस्थामाथि पूर्वराजा ज्ञानेन्द्रको आक्रोश


काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले देशको शासन व्यवस्थामाथि आक्रोश पोख्नुभएको छ । भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । उहाँले न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको बताउनुभएको छ ।

शाहले मुलुक विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभएको छ । भिडियोमार्फत् शाहले सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बन्दैमा नयाँ नेपाल नबन्ने दाबी गर्नुभयो । रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिरहेकोमा उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।