देश

चाडपर्वलाई ध्यानमा राख्दै बुद्धभूमिमा बजार अनुगम


काठमाडौँ — नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर बुद्धभूमि नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी नगरका ठुला बजारमा पालिकाले अनुगमन थालेको हो । चाडपर्वको मौका छोपी कृत्रिम अभाव गर्ने र महँगी बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि अनुगमन सुरु गरिएको उधोग तथा वाणिज्य शाखा प्रमुख अधिकृत विजय भुसालले बताए ।

नगर क्षेत्रभित्र सञ्चालित खाद्यान्न पसलमा अनुगमन थालिएको र यो निरन्तर रहने उनले बताए। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गर्ने गरिएको छ । नगरपालिकाले बिहिबार वडा २ गोरुसिंगेका बजारमा रहेका होटल किराना पसल तथा चौमिन उधोगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रतिबन्दित सुर्ती फेला परेको थियो ।

अनुगमनका क्रममा मूल्यसुची सर्वसाधारणले देख्ने ठाउँमा राख्न, नगरपालिकामा व्यवसाय दर्ता गर्न सुझाव दिइएको भुसालले बताए ।साथै उनले नगरले खाद्यान्न, किराना, तरकारी पसलमा निरन्तर अनुगमन जारी राखिने बताए । अनुगमनमा बुद्धभूमि उधोग बाणिज्य संघ,प्रहरी, पत्रकार लगायत उपस्थित थिए ।