Breaking

पार्टीभित्र ठूलो विद्रोह गर्ने बेला आएको छ : गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई पेलेर एकपक्षीय निर्णय गर्दै अघि बढेको सन्दर्भमा थापाले सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिएका हुन् ।

चौधौँ महाधिवेशनमा डा. कोइराला प्यानलबाटै महामन्त्रीमा निर्वाचित थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको पनि सुनाए । यसका लागि पार्टीमा नयाँ विद्रोहको आवश्यकता भइसकेको पनि थापाले बताए ।