Breaking

गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न ३ जना पक्राउ, सार्वजनिक गर्ने तयारी


काठमाडौँ —काठमाडौँको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो ।

उनीहरुलाई केहीदिन पहिल्यै नै प्रहरीले पक्राउ गरेर ल्याएको र काठमाडौँ परिसरले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ
। पक्राउ परेका अभियुक्तहरुको विवरण भने गोप्य राखिएको छ ।

भारतीय गुण्डा नितिन मदनको योजनामा भएको भनिएपनि उनलाई पक्राउ गरिएको हो वा होइन भन्ने खुलेको छैन् ।