Breaking

वर्षाले दिक्तेलमा एउटा घर भत्कियो


काठमाडौँ – भारी वर्षाका कारण खोटाङको दिक्तेलमा एउटा घर ढलेको छ भने विभिन्न स्थानमा भल पस्दा क्षति पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीन तले घर गएरातिको वर्षाले भत्किएको प्रहरीले जनाएको छ । बस्नेतको घर ढुङ्गामाटो प्रयोग गरेर बनाइएको थियो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ ।

वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ ।

वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । बाटो अवरुद्ध भएपछि दशैं मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन् ।