काठमाडौँ – दशैंको मुखमै टिकट नपाएर घर फर्किनेहरु अलपत्र छन् । सार्वजनिक सवारीसाधनको टिकट पाएको छैन । सबैलाई चिन्ता छ, टिकट पाएर कसरी घर पुग्ने ? तर सबै कुरा पुगेका, आफ्नै गाडी घोडा भएका र शहरमै ठूला ठूला महल ठडिएकाहरुलाई पनि टिकटकै चिन्ता छ । त्यो टिकट सार्वजनिक सवारी साधनको भने होइन ।
आसन्न मंसिर ४ को निर्वाचिनका लागि उम्मेदवार बन्न उनीहरु टिकटको मरिहत्ते गरिरहेका छन् । प्रदेशदेखि केन्द्रसम्मको सांसद बन्ने तयारी गरिरहेकाहरु काठमाडौँमै छन् । आजभोलि उनीहरु बालकोट भेटिन्छन्, बालुवाटार भेटिन्छन्, खुमलटार भेटिन्छन् । भित्र पनि होइन, नेताको ढोकैमा भेटिन्छन् । लाइन लागेर बस्दा पनि टिकट पाइने सुनिश्चित नभएपछि यसपालीको दशैं नेताकै दैलो ढुक्दैमा जाने पक्का छ । कोही भन्छन्, ज्यानजाला टिकट नलिई फर्किन्न । कोही भन्छन्, यता नपाए उता जानुपर्छ ।तर टिकट त चाहिन्छ, चाहिन्छ ।
टिकटकै लागि मरिहत्ते गर्नेहरु दसैंकोटिका बर्सिदैछन् ।तर पाँच दलीय सत्ता गठबन्धनभित्र भाग टुंगिएको छैन, टिकट कसले पाउँछ के ग्यारेन्टी ?उता पाँच दलविरुद्ध एक्लै चुनावको तयारी गरिरहेको एमालेभित्र पनि टिकटकै टकराव छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिका पक्षधर १० लाई यही मौकामा थप संकटमा फसाउँदैछन् ।टिकटकै टकराव र हानथापले निर्वाचन मुडभेड जस्तो बनेको छ । सबै दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।अब प्रत्यक्षतर्फ उम्मेदवार चयनको रस्साकस्सी चलिरहेको छ ।
यही बेला सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा भने उम्मेदवार चयनले आन्तरिक विवाद र संघर्ष उत्कर्षमा पु¥याएको छ । एमालेभित्र ओलीको निषेध बढ्ने भएपछि नेताहरु जोखिममा परेका छन् ।हेर्दा कुनैपनि दल विवादरहित छैनन् ।
त्यसो भए, कसरी टुंग्याउँदैछन् दलहरुले उम्मेदवार ? टिकटकै लागि मरिहत्ते चलिरहँदा कहाँ पुग्यो सत्ता गठबन्धनको भागबण्डा ?एमालेभित्र १० भाई जोखिममै परेका हुन् ? आजको एबीसी चेक यीनै प्रश्नहरुमा केन्द्रीत रहेको छ ।
प्रतिक्रिया