Breaking

दशैंमा व्यापारीको मनलाग्दी, हवाई यातायात डबलभन्दा बढी


काठमाडौँ — दशैंनजिकिँएसँगै बजारमाकालोबजारी पनिह्वात्तै बढेको छ । चाडवाड पैसाकमाउने पर्व बन्दै गएको छ । व्यापारीको मन लाग्दीले प्रत्येकवर्ष दशैं महंगीदै गएको छ । बजारमाअनियमिततायति बढेको छ कि सम्बन्धिनिकायबजार अनुगमनगर्न जाँदाव्यापारीहरुको भागाभागनै चल्छ । दशैंव्यापारिका लागि मन लाग्दी पैसा कमाउने चाड बनेको छ । बजारमा हरेक सामानमाकालोबजारी बढेको छ ।

जसको प्रत्यक्षमारमाआम सर्वसाधारण परिरहेका छन् । घर जानबसको टिकट होस् वाहवाई यातायात । भाडादर दोब्बर भन्दा बढी छ । तर, यात्रुहरु त्यति नै रकमतिरेर पनि सहजयात्रागर्न पाएका छैनन् । महान् चाडमा घर जानै पर्ने परिस्थितिको फाइदा उठाएर व्यवसायीहरु यात्रु लुट्न तल्लिन छन् । दशैंको समयमा दुर्घटना बढ्दो छ , तर जुनसुकै स्थानमाजान जस्तो सुकै गाडीलाई रुट पर्मिट फ्रि छ । तर पनिउनीहरु आफ्नो सेवाचुस्तबनाउनुको सट्टा सर्वािधारणको ढाड सेक्न तल्लित छन् ।


अनियमिततायातायातमामात्रै छैन । खाद्यन्नबजार देखि कपडा पसलसम्म नै उपभोक्ताहरु ठगीन विवश छन् ।यही समयमाहुने मिसावटले पनिनागरिकको मौलिकअधिकारको हननभइरहेको छ । तर, अनुगमनगर्ने निकायहरुको कामभने प्रभावकारी हुन सकेको छैन ।

बजारमाहुने यस्ताअनियमितताले मंगहीलाई बढावा दिइरहेको छ भने उपभोक्ताहरु सास्तीमा परेका छन् । तर अभिभावकत्वभूमिकानिभाउनु पर्ने सरकारलाई चुनावी टिकटको भागबण्डा मिलाउन र आफ्ना परिवारका सदस्यलाई समानुपातिकमा राख्मै व्यस्त छ । दशैंमाअनियमितता र कालो बजारी व्यापकमौलाउँदापनि सम्बन्धितनिकायभने चुस्तहुन सकेको छैन ।

दशैंको आगमनसँगै प्रत्येक वर्ष नागरिकको दैनिकीमाप्रत्यक्षप्रभावपार्ने यस्ता समस्याहरु पनि सँगसँगै आउने गर्छन्
। यही समयलाई पैसा कमाउने मौका ठानेका व्यापारीहरुले गर्दा चाड वर्षेनीमहंगीँदै गइरहेको छ । सीमितआयस्रोत हुनेहरुकालागिदशैं ऋण बोक्ने चाडमा परिणत भइरहेको छ । ५ दिन रमाइलो गर्न वर्षौसम्म ऋणमा डुब्नु पर्ने अवस्थासिर्जना हुँदै गइरहेको छ । यसमासरकार र सरोकारवालाले बेलैमा सोच्नआवश्यक छ ।