देश

दसैँअगावै उम्मेदवार र निर्वाचन घोषणापत्र टुंग्याउने एमालेको तयारी


काठमाडौँँ — एमालेले दसैँअगावै संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । केन्द्रीय सचिवालय बैठक आजदेखि निरन्तर बस्ने र दसैँअगावै उम्मेदवार तथा निर्वाचन घोषणापत्र टुंग्याउने नेताहरूले दाबी गरेका छन् । दिउँसो ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बैठक बोलाइएको छ ।

बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने एमालेले जनाएको छ । सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँड र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ ।