Breaking

पाथीभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुवँरलाई


काठमाडौँ — पाथीभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुवँरले जितेका छन् । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका हुन् । कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी तातोपानी गाउँपालिका–७ जुम्लाका कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका हुन् । दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेयाङवो भए । खगेन्द्रले राजनलाई १ सेकेन्डले जितेका हुन् ।

शिखर नगरपालिका २ डोटी घर भएका भाट शिवदल गण बर्दिया धादिङमा कार्यरत छन् । उनले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । पाँचथरको फिदिम नगरपालिका ११ घर भई सेनाको युनिट रणशेर गण पाँचथरमा कार्यरत राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दुरी पार गरे । प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् ।