Breaking

देउवाले कांग्रेस पदाधिकारीलाई बालुवाटार बोलाए


काठमाडौँ — निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएर समानुपातिकतर्फको बन्दसूची संशोधनका लागि छलफलमा जुटेका हुन् । उनले छलफलका लागि पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएको एक पदाधिकारीको सचिवालयले जनाएको छ ।

ती पदाधिकारीको सचिवालयका अनुसार सभापति देउवाले छलफलका लागि केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई पनि बोलाएका छन् । कांग्रेसको संस्थापनइतर समूह बन्दसूचीमा एकलौटी गरिएको भन्दै असन्तुष्ट छ । उक्त समूहले शुक्रबारसम्म बन्दसूची नसच्याइएको कठोर निर्णय लिने चेतावनी दिइसकेको छ ।